You are viewing the translated version of लगानी-एकाइ सम्बन्धी व्यवस्था.
Rule 12
लगानी-एकाइ सम्बन्धी व्यवस्था
(१) लगानी एकाइको सङ्गठनात्मक ढाँचा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) लगानी एकाइमा प्राविधिक, प्रशासन, न्याय (कानून) लगायत अन्य सेवाका आवश्यक कर्मचारी रहन सक्नेछन् ।
(३) निजी लगानीमा कार्यान्वयन हुने परियोजनाका सन्दर्भमा बोर्डले देहायका कार्य समेत सम्पादन गर्ने गरी लगानी एकाइलाई तोक्न सक्नेछः- (क) निजी लगानीमा सञ्चालन हुने परियोजनाको पहिचान तथा अध्ययन गर्ने,
(ख) लगानी प्रवर्दनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने,
(ग) विदेशी लगानी भित्र्याउन रोड-शो तथा यस्तै प्रकृतिका अन्य कार्यक्रम आयोजना गर्ने,
(घ) स्वदेशी वा विदेशी लगानीकर्ता तथा सम्बन्धित निकायबीच समन्वय गर्ने,
(ङ) लगानीको लागि नीतिगत सुधारका सम्बन्धमा अध्ययन अनुसन्धान गरी सुझाव पेश गर्ने,
(च) परियोजनासँग सम्बन्धित सरोकारवाला, प्रदेश वा स्थानीय तहका प्रतिनिधिसँग परियोजनाको विकास र कार्यान्वयनको लागि अन्तर्क्रिया र समन्वय गर्ने,
(छ) लगानीकर्ता र सम्भावित लगानीकर्ताका जिज्ञासा तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउने,
(ज) लगानी सम्बन्धमा स्वदेश तथा विदेशबाट सोधिने र सोधिएका प्रश्रावलीलाई आधार मानी निरन्तर सोधिने प्रश्न र तिनका उत्तर तयार गरी वेबसाइट मार्फत् सार्वजनिक गर्ने,
(झ) लगानी स्वीकृति, अध्ययन, मूल्याङ्कन लगायत बोर्डले तोकेका अन्य कार्य गर्ने।